चितवन, असोज ८
चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । एशोसिएसनको शनिबार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाले क्षेत्रीलाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याएर विजयी हुदा उहाँको प्रतिद्वन्द्वी दिपकमणि पाठकले ११९ मत ल्याउनुभएको थियो ।
एशोसिएसनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवीप्रसाद बराल, सचिवमा मोहन केसी, कोषाध्यक्षमा रामशरण भट्टराई, सहसचिवमा अविनाश श्रेष्ठ र सहकोषाध्यक्षमा विवश पिया चयन हुनु भएको छ ।
त्यसैगरी एशोसिएसनको सदस्यहरुमा दिपक कँडेल, किरण सापकोटा, बसन्त देवकोटा, हिमांशु जोशी, जोगेन्द्र प्रधान र सुस्मिता शाह रहनु भएको छ । एशोसिएसनको क्षेत्रगत सदस्यहमा चिरिञ्जीवी अर्याल र रस्किन अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । क्षेत्रगत सदस्य र तृतीय उपाध्यक्षबाहेक अन्य पदहरुमा निर्वाचन भएको थियो ।





