८ आश्विन २०८०, सोमबार १७:१२
काठमाडौँ, असोज ८
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताउनुभएको छ ।
विश्व फार्सेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिर्नुभयो ।
“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ। अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन। कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उहाँले भन्नुभयो। उहाँले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन आग्रह गर्नुभयो ।





