चितवन, असोज ९
चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी) मा पहिलो पटक `जब फेयर ´ हुने भएको छ। भोलि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ।
सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको स्टल रहनेछ। विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयरको आयोजना गरिएको सिसिटिका कलेज प्रमुख रवि तिवारीले बताउनुभएको छ ।
मेला अवधिभर कम्पनिले अन द स्पोट जब दिनका लागि यहीं ईन्टरभ्यू र अनुभवी कागज लिएर जागिरको लागी छनौट गर्नेछन । मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरिएको उहाँले बताउनु भयो ।
विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक हुने तिवारीले बताउनु भयो । कलेजले हरेक वर्ष `जब फेयर´ लाई निरन्तरता टेक्नोलोजी दिईने तिवारीले बताउनु भयो ।
आफ्नै कलेज परिसरमा जब फेयरको आयोजना गरि राम्रो प्लेटफर्म दिन लागिएकोले आफू निकै उत्सुक रहेको बिआईम सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी बिराज सापकोटाले बताउनु भयो ।
जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरेको छ । त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससिसिएसआईटीका कोर्षहरु सञ्चालन भईरहेको छ ।
सिसिटिले विद्यार्थीहरुका लागि व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि यस कलेजको लोकप्रियता बढ्दै गईरहेको छ। कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यी शिक्षा अध्ययन गर्नका लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृति दिने समेत व्यवस्था गरेकोे छ ।





