१० आश्विन २०८०, बुधबार ०८:२१
काठमाडौं, असोज १०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
यस्तै, बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।





