चितवन, असोज १०
भरतपुरको क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वमा पुनः थिरप्रसाद धिताल सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा छैंठो अधिवेशनले बुधबार धिताललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद गौतम, सचिवमा जयराम पाण्डे, कोषाध्यक्षमा रामप्रसाद घिमिरे र सहसचिवमा संगीता गौतम चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा इन्दिरा पन्त, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, नवराज अर्याल, सीता सापकोटा, हरिप्रसाद रिजाल निर्वाचित हुनु भएको छ भने लेखा संयोजकमा विनोद पौडेल तथा सदस्यहरुमा भक्तिराम गौतम, रेणुकादेवी पन्तलाई छानिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., काठमाडौंका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटा कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनका अध्यक्ष विद्या कोइराला, भरतपुर महानगरका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा चितवनका सहकारी अधिकृत रोजी केसी, संस्थाको संस्थापक अध्यक्ष शालिकराम घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।





