चितवन, असोज १३
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे हाे ।कार्यक्रममा बाेल्दै मन्त्री जाेशीले सबैले जेष्ठ नागरीकहरुकाे सम्मान गर्न सक्नुपर्ने बताउनुभयाे । अहिलेकाे पुस्ताले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न भुलेको भन्दै उहाँले भन्नुभयो “अहिले पुस्ताले पुराना पुस्ताकाे सम्मान गर्न सकेकाे छैन ।”
जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयाेगकी पुर्व अध्यक्ष भगवती घिमिरे, वडा अध्यक्ष परमेश्वर खनाल लगाएतले वाेल्नुभएकाे थियाे ।





