चितवन, असोज १३
मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुलाई गायक सबिन राईको कन्सर्टको टिकट समेत प्रदान गरिएको थियो।
अष्ट्रेलिया तथा क्यानडाको युनिभर्सिटी तथा कलेज, तह, बिषय, शुल्क एवम छात्रबृत्तिको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
मेट्स इन्टरनेशनल चितवनका प्रमुख प्रकाश पौडेलले युके, अष्ट्रेलिया तथा क्यानडा जान चाहने प्लस टु, ब्याचलर तथा मास्टर्स गरेका बिद्यार्थीहरुका लागि सहज ढङ्गमा काउन्सिलिङ, डकुमेन्टेशन र प्रोसेसिङ्गको कार्य गर्दै आइरहेको र भिसा आवेदनमा बिद्यार्थीहरुको उपलब्धिमुलक नतिजा प्राप्त भैरहेको बताउनु भयो।
बिहान ११ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन भएको उक्त कार्यक्रममा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति उत्साहजनक भएकोले कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको बताईएको छ ।





