१७ आश्विन २०८०, बुधबार ०९:२६
काठमाडौं, असोज १७
सरकारले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो । मुलुकका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खल्बलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले यस्तो आग्रह गर्दै कहीं कसैले यस्ता गतिविधि गरे कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले वर्गीय, जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै, अरु कुनै धारमा घृणा, द्धवेश वा अवहेलना हुने कुनै काम नगर्न नगराउन एवं विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउन पनि आग्रह गरिएको जानकारी गराउनुभयो ।





