१९ आश्विन २०८०, शुक्रबार ०८:२६
काठमाडौं, असोज १९
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले सेमिफाइनलमा भिड्दै छन् ।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।





