चितवन, असोज १९
अथर्व बचत तथा ऋण सहकारी सस्था लि. भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुर २१ पार्वतीपुरमा दाेस्राे ईकाईगत साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननि जिल्लाका सहकारीले नीति र विधि सम्मत चलेर केही कम व्याजमा भएपनि ऋण परिचालन गरेर सदस्यलाई ब्यबसायिक बनाउन जाेड दिनुपर्ने बताउनुभएको छ ।
उहाँले कृषि क्षेत्रमा लगानि बृद्धि गरि सदस्यहरूकाे आर्थिक अबस्थामा सुधार ल्याउने कार्यक्रम संचालन गर्न सुझाव दिनु भएकाे थियाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीकाे अध्यक्षतामा र जिल्ला बचत संघका निबर्तमान संचालक आनन्द पाण्डे विशिष्ठ अतिथि रहनुभएकाे थियोे ।
ईकाईगत साधारणसभामा संस्थाकाे ०७९/०८० काे प्रगति र आगामि बर्षकाे नीति तथा कार्यक्रम एवं ०७९/०८० आय-ब्यय र आगामी बर्ष ०८०/०८१ काे अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।
साधारणसभाकाे अबसरमा संस्थामा ०७९/८० मा उत्कृष्ट बचत तथा ऋणकाे काराेवार गर्ने सदस्य र उत्कृषट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरीएको हो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रृजना बसौला देवकोटा ले गर्नुभएको हो भने सेवाकेन्द्र संयाेजक हिरेन्द्र बरालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।






