फाइल तस्बिर
२३ आश्विन २०८०, मंगलवार ०८:४८
काठमाडौं, असोज २३
राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ।





