२४ आश्विन २०८०, बुधबार १२:३९
काठमाडौं, असोज २४
बागमती प्रदेश सभा बैठकको अधिवेशन गए रातिदेखि अन्त्य भएको छ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गनुभएको हो ।
मन्त्रिपरिषदबाट पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।





