२५ आश्विन २०८०, बिहीबार ०७:३०
चितवन, असोज २५
चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । सदभाव यूवा समाज, नेपाल र सदभाव यूवा समाज -कतारकाे सयूत्त आयोजनामा कार्यक्रम भएकाे हो ।
कार्यक्रममा यूवा समाज, नेपाल -कतारले राप्ती नगरपालिका वडा न १२ स्थित वक्राङकाे चेपाङ वस्तिमा ६५ घर धुरीलाई करिब २ लाख वराबरकाे खाद्यान्न वितरण कार्य सप्पन्न गरेको छ ।
सदभाव यूवा समाज, नेपालका अध्यक्ष प्रदिप रुपाखेतिकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा साे वडाकाे वडा सदस्य अशाेक लामाकाे समन्वय रहेको समाजका सदस्य राजेश श्रेष्ठले जानकारी दिनुभएको छ।






