२८ आश्विन २०८०, आईतवार २१:५८
काठमाडौं, असोज २८
नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।





