३० आश्विन २०८०, मंगलवार ०८:०७
काठमाडौं, असोज ३०
कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ ।
असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने गरी सूचना जारी गरेको हो ।
प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीद्वारा जारी सूचनामा असोज २० गते अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक कार्तिक १ गते बुधवार बस्नेगरी बोलाइएको उल्लेख छ ।





