३ कार्तिक २०८०, शुक्रबार ०८:२०
काठमाडौं, कार्तिक ३
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।





