३ कार्तिक २०८०, शुक्रबार १३:००
काठमाडौं, कार्तिक ३
नेकपा एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ।
चियापान कार्यक्रम यही कार्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ।





