५ कार्तिक २०८०, आईतवार ०९:०१
काठमाडौं, कार्तिक ५
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।





