१४ कार्तिक २०८०, मंगलवार ०९:४१
काठमाडौं, कार्तिक १४
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको छ ।





