१५ कार्तिक २०८०, बुधबार २०:३७
काठमाडौं, कार्तिक १५
देशभरका सबै सरकारी कार्यालय भोलि (बिहीबार) देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्।
यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (बुधबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन्।
जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।





