चितवन, कार्तिक १७
अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर १ हप्ता नि:शुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं – तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले चितवनको भरतपुरमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो ।
जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कार्तिक १९ गतेदेखि कार्तिक २४ गतेसम्म सञ्चालन हुने छ । तालिम हरेक दिन बिहान ११:०० बजेदेखि दिउँसो ०२:०० बजेसम्म हुने छ । ७ दिनको तालिममा सहभागीलाई लोकल होस्टमा वर्डप्रेस इन्स्टल गर्न र वर्डप्रेसको आधारभूत विषयमा जानकारी दिने कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै सहभागीले तालिमबाट डटकम डट एनपी कसरी दर्ता गर्ने, होस्टिङ कसरी लिने, सी प्यानल कसरी चलाउने, थिम कसरी कस्टमाइज गर्ने, वेबसाइटका लागि के – कस्ता प्लगइन आवश्यक पर्छन् अनि कसरी इन्टल गर्न सकिन्छ भन्ने विषयमा सिक्न पाउने छन् । त्यसका साथै वर्डप्रेस वेबसाइटका लागि एसईओ कसरी गर्ने, वेबसाइट कसरी अप्टिमाइज गर्ने, कस्ता सुरक्षा रणनीति अपनाउने र अन्तिममा पर्सनल पोर्टफोलियो र ब्लगिङ प्रोजेक्टमा सक्रिय बनाउने कम्पनीले उल्लेख गरेको छ । उक्त तालिममा राम्रो नतिजा ल्याउने सहभागीले इन्टर्नशिपको अवसर पनि पाउने जनाईएको छ ।





