१९ कार्तिक २०८०, आईतवार ०७:०६
काठमाडौँ, कार्तिक १९
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिर्नुभयो ।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।





