२० कार्तिक २०८०, सोमबार ०८:३१
काठमाडौँ, कार्तिक २०
गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी नहुने बताउनुभएको छ ।
आइतबार विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै जाजरकोट पुग्नु भएका मन्त्री श्रेष्ठले उद्धार, राहत तथा उपचारको अवस्थाबारे जानकारी लिनु भएको थियो ।
उहाँले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर प्रभावकारी रुपमा परिचालित हुन निर्देशन दिनुभयो ।





