२२ कार्तिक २०८०, बुधबार ०७:५०
काठमाडौं, कार्तिक २२
देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको अहिले मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।





