२२ कार्तिक २०८०, बुधबार ०८:१३
काठमाडौं, कार्तिक २२
भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ ।
दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो ।
उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।





