२२ कार्तिक २०८०, बुधबार ०८:३०
काठमाडौं, कार्तिक २२
नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।





