चितवन, कार्तिक २३
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कृषि ज्ञान केन्द्र चितवनद्वारा हिजो बुधबार चार जना कृषक सम्मानित हुनुभएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा पशुपंछी विकास मन्त्रालय बागमती प्रदेशका कृषि सचिव राजेन्द्र कोइराला प्रमुख अतिथिको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा कृषकहरु रतिमाया गुरुङ, शिवलाल कंडेल, शिवप्रसाद शर्मा र शुन्दर प्रसाद न्यौपानेलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।
कार्यक्रममा चितवनका विभिन्न कृषि पेशामा आबद्ध रहेका कृषकहरु र कृषि ज्ञान केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसअघि पनि कृषि ज्ञान केन्द्र चितवनले कृषकहरुका लागि सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।
कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा भएको कार्यक्रममा जिल्लाका केरा, तरकारी, मौरी र दूध किसान गरी चार किसान सम्मानित हुनुभएको बताईएको छ ।





