२५ कार्तिक २०८०, शनिबार १०:११
काठमाडौं, कार्तिक २५
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार ।
कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ ।
यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ ।





