२७ कार्तिक २०८०, सोमबार ०९:२१
काठमाडौं, कार्तिक २७
आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ ।
गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।
गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोषिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत र गोबर पनि पवित्र मानिन्छ । आज गाईलाई पूजा गरी मीठा परिकारहरु खान दिइन्छ ।





