२७ कार्तिक २०८०, सोमबार १८:१०
काठमाडौं, कार्तिक २७
सरकारले नेपालमा चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने र मन्त्रालयले बन्द गर्ने प्रक्रियामा लैजाने मन्त्री शर्माले बताउनुभयो ।





