२९ कार्तिक २०८०, बुधबार ११:११
काठमाडौं, कार्तिक २९
भाइटीकाको दिन बुधबार देशैभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही समय बादल लाग्ने देखिए पनि तत्कालै पानी नै परिहाल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ ।
तिहार शुरु भएलगत्तै देशभरको तापक्रम समेत घट्दै गइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हिमपातको सम्भावना छ।





