३० कार्तिक २०८०, बिहीबार ०७:४१
काठमाडौं, कार्तिक ३०
चार देशीय टी–ट्वेन्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दैछ।
हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ। नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो।
खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न असफल भएको हो।





