चितवन, मंसिर ४
विशिस्ट क्षमता भएका र अल्पसंख्यक विपन्न बालबालिका हरुलाई लक्षित गर्दै शनिवार “ड्रिम क्रिकेट नेपाल” कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ रत्ननगर, रोटर्याक्ट क्लब अफ रत्ननगर , इन्टर्याक्ट क्लब अफ स्काईराइडर र इन्टर्याक्ट क्लब अफ एनसिसिको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी अष्ट्रेलिया विश्व सामुदायिक सेवा र हाईक हिमालय एडभेन्चरको सहयोग रहेको कार्यक्रममा शारीरिक असक्तता भएका बालबालिकाहरु लाई क्रिकेट, फुटबल लगायतका खेलहरु खेलाइएको थियो । बिशिष्ठ क्षमता भएका बाल बालिकाहरुको खेल्ने सिप बिकास गर्न र मनोरन्जन दिलाउन उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशान दाहालले बताउनुभयो। शारीरिक अवस्थाकै कारण पारिवारिक साथसाथै सामाजिकरुपमा तिरस्कार भोग्दै आएका बाल बालिकाहरु लाइ महत्व दिइ सबै नागरिकलाइ जसरि समान व्यवहार गरि कार्यक्रम आयोजना गरेकोमा एक अभिवावक ले आयोजक सस्थालाइ धन्यवाद दिए।
बिगत लामो समय देखी रोटर्याक्ट क्लब अफ रत्ननगरले सिग्नेचर प्रोजेक्टको रुपमा यो कार्य गर्दै आइरहेको छ्। कार्यक्रममा ब्रमहटी विद्यालय खुरखुरे, नारायणी माध्यमिक विद्यालय भरतपुर र गामबेशि चेपाङ केन्द्र जिरौनाका पचहत्तर जना बालबालिकाहरु सहभागी भएका थिए।





