६ मंसिर २०८०, बुधबार ०७:४५
काठमाडौं, मंसिर ६
फिफा विश्वकप र एएफसी एशिया कप संयुक्त छनोटको दोस्रो चरणमा हिजो (मंगलवार) भएको यमनविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनविरुद्ध २-० ले पराजित भएको हो।
जितसँगै समूह ‘एच’ को यमनले २ खेलमा ३ अंक जोडेको छ भने दुवै खेलमा पराजित नेपालले कुनै अंक जोड्न सकेको छैन। पहिलो खेलमा नेपाल यूएईसँग ०–४ र यमन बहराइनसँग २-० ले पराजित भएको छ ।





