७ मंसिर २०८०, बिहीबार ०७:४९
काठमाडौं, मंसिर ७
आज कार्तिक शुक्ल एकादशी अर्थात् भगवान विष्णुको विशेष पूजा गर्ने दिन हरिबोधिनी एकादशी ।
भगवान विष्णु (नारायण) को विशेष पूजा गर्नुका साथै यस दिन तुलसीको विवाह गरी मनाइन्छ ।
आषाढ शुक्ल एकादशीका दिन आँगनमा रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा अनुसार हरिबोधिनी एकादशीका दिन (आज) भगवान विष्णुसँगै विवाह गरिदिने प्रचलन छ । यी चार महिनाको समयलाई चर्तुमास भन्ने गरिन्छ ।





