७ मंसिर २०८०, बिहीबार ०७:५८
काठमाडौं, मंसिर ७
काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ ।





