८ मंसिर २०८०, शुक्रबार ०९:२७
काठमाडौँ, मंसिर ८
निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिनुभयो ।





