१० मंसिर २०८०, आईतवार १०:४५
काठमाडौँ, मंसिर १०
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि फेरि सञ्चालनमा आउँदैछ । द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन् ।
१३ दशमलव ४ किलोमिटर रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दूरी द्रुत बस सेवा सञ्चालनपछि करिब ४५ मिनेटको यात्रा हुनेछ । द्रुत बस सेवाको सञ्चालनले काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार तथा सहजता ल्याउने सरकारले जनाएको छ ।
द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछन् ।





