चितवन, मंसिर १०
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने समृद्धी स्टील्स् ३२ औं ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ ।
समृद्धि स्टील्सको मुख्य प्रायोजनमा व्यापार मेला यही मंसिर २१ गतेबाट पौष १ गते सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ ।
व्यापार मेलाको तयारी स्वरुप स्टल बुकिङ खुला गरिएको मेला प्रचारप्रसार संयोजक बलराम आचार्यले जानकारी दिनुभएको छ । व्यापार मेलाको व्यवस्थापनका लागि संघले यसअघि नै ३० वटा उपसमिति बनाएर तयारी गरिरहेको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक पवन प्रजापतीका अनुसार मेलामा नेपाली उत्पादनलाई जोड दिईने बताउनुभएको छ । देशका सातै प्रदेशका उत्पादनका स्टलसहित बंगालदेश, श्रीलंका, पाकिस्तान, भारत लगायत देशका उत्पादनहरु प्रदर्शनीका लागि राखिनेछन् ।
महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनका स्टलहरुको साथमा मनोरञ्जनका लागि विभिन्न साँस्कृतिक कार्यक्रम, अटो पेभेलियन, बाल उद्यान आदि राखिने आयोजकले जनाएको छ ।





