११ मंसिर २०८०, सोमबार ०९:४३
काठमाडौं, मंसिर ११
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको अनुमान महाशाखाले गरेको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।





