११ मंसिर २०८०, सोमबार १०:१६
काठमाडौं, मंसिर ११
राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ ।
सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।





