११ मंसिर २०८०, सोमबार १०:३९
काठमाडौं, मंसिर ११
आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई निशुल्क भोजन गराइने भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।





