१५ मंसिर २०८०, शुक्रबार ०८:१५
काठमाडौं, मंसिर १५
आजदेखि देशका अधिकांश भूभागको मौसम क्रमशः खुल्दै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बदली रहने नै छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





