१६ मंसिर २०८०, शनिबार ०९:२६
काठमाडौं, मंसिर १६
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सरकारले माघ ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशित हुनेगरी मंसिर १४ गते सो निर्वाचनको कार्यतालिका स्वीकृत गरी शुक्रबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताउनुभयो ।





