चितवन, मंसिर १६
जलदेवी सामुदायिक बन उपभोक्ता समूहको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सह आयोजनामा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम शनिबार भरतपुर २ स्थित आँपटारीमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मानव बेचबिखन र उत्पिडनमा परेका महिलाहरुको हकहित र अधिकारका विषयकसंगै घरेलु हिंसामा परेका महिलाहरुको अवस्था र यसको निदानका लागि सामाजिक संघसंस्थाहरुले खेल्नुपर्ने भूमिका जस्ता विषयमा अन्तरक्रिया गरिएको हो ।
जलदेबी समितिका कार्यबाहक अध्यक्ष ऋषिकेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर २ का वडाअध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा सहभागीहरुलाई प्रहरी निरीक्षक शाहील बुढाथोकीले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध नागरिक समाजका प्रतिनिधि, टोलसुधारका प्रतिनिधि र सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।





