१७ मंसिर २०८०, आईतवार ०८:०५
काठमाडौं, मंसिर १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थल क्षेत्र भएकोले यहीँबाट नेपाली कांग्रेसलाई बलियो बनाउन लुम्बिनी प्रदेश सम्मेलनले महत्वपूर्ण सन्देश दिने बताउनुभयो ।
सभापति देउवाले बुद्धको जीवन दर्शनप्रति विश्वभर नै आस्था बढ्दै गएको बताउँदै अन्य धार्मिक समुदायले समेत बुद्धिजमलाई आत्मसाथ गरेकोले लुम्बिनीको भूमिमा भैरहेको कांग्रेसको प्रदेश सम्मेलन महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।





