२० मंसिर २०८०, बुधबार ०७:२८
काठमाडौं, मंसिर २०
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुने गरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ ।





