भरतपुर, मंसिर २३
भरतपुरमा रहेको सि स्टार एजुकेशनल कन्सन्टेन्सीले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरेको छ । यस कन्सन्टेन्सीले विगत ९ वर्षदेखि कोरियन भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको हो ।
दक्षिण कोरिया सरकारले २०२४ मा १५ हजार ८ सय ४८ नेपाली कामदार लैजाने भएपछि कोरियन भाषामा नेपाली युवाहरुको आकर्षण बढेको र रोजगार अनुमति प्रणाली (ईपीएस) का पाठ्यक्रम साथै मोडल प्रश्नहरुलाई लक्षित गदैै भाषा कक्षा गरेको सि स्टारका फाउन्डर बसन्त पोख्रेलले जानकारी दिनुभएको छ ।
सि स्टारमा विश्व भाषा क्याम्पसबाट कोरियन भाषामा छैटौ लेवल पास गरेका बुक राइटर साथै लामो समय कोरियामा काम गरी फर्किएका दक्ष र अनुभवी कोरियन भाषा शिक्षकहरुद्वारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
दैनिक ३ घण्टाको दरले मोडेल प्रश्न, प्राक्टिस कक्षा भएकाले विद्यार्थी पास हुने संख्या धेरै हुने, एक पटक भर्ना गरेपछि भाषा परीक्षा पास नहुन्जेल कक्षा लिन पाउने व्यवस्था पनि रहेको उहाँले बताउनुभयो । ‘कोरियाले यो वर्ष नेपाली कामदार कोटा ह्वात्तै बढाएपछि कोरियन भाषा सिक्न आउने विद्यार्थीहरु बढेका छन्, उहाँले भन्नुभयो , ‘हामीले निरन्तर कोरियन भाषाका कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।’
सि स्टारबाट हालसम्म ८०० जनाले भाषा कक्षा पास गरी कोरिया गएका र आफू स्वयम, दिपक सापकोटा लगायतका प्रशिक्षकहरुले कोरियना भाषा पढाइरहेका उहाँको भनाइ छ । १२ महिना नै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म भाषा कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । सि स्टारले सबै विद्यार्थीलाई पास गराउने गरी प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गरेको उहाँको दाबी छ ।
‘हामीले प्रोजेक्टरबाट कक्षा सञ्चालन गरेका छौँ, विद्यार्थीका लागि आवश्यक पर्ने किताब, लाइब्रेरीको व्यवस्था गरेका छौं’ उहाँले भन्नुभयो , अनुभवि शिक्षकबाट कक्षा सञ्चालन गरिएको भन्दै उहाँले सि स्टारमा अध्ययन गरेका अधिकांश विद्यार्थी पास हुने बताउनुभयो ।
उहाँका अनुसार इपिएस अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादन मुलक क्षेत्रका लागि १५ हजार ८४८ जना कोटा छुट्टाएको छ । आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने इपिएस शाखाले जनाएको छ । परीक्षा सम्बन्धी जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाइएको छ । १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।
सि स्टारले जापान विद्यार्थी भिसा र वर्किङ्ग भिसा, कम्प्युटर तालिम, अंग्रेजी कक्षा पनि सञ्चालन गर्दै आएको छ । ९ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सि स्टारले शैक्षिक परामर्श, भाषा कक्षा, जब ग्यारेन्टी सीपमुलक तालिमहरु दिँदै आइरहेको छ ।







