२६ मंसिर २०८०, मंगलवार ०९:०२
काठमाडौं, मंसिर २६
एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ ।
एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ ।
पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।





