२९ मंसिर २०८०, शुक्रबार ०७:३०
काठमाडौं, मंसिर २९
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ।
पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।





